ताप्लेजुङ आगलागीमा साढे ७ करोड क्षति
खबर एक्सप्रेस
२०७७-०१-२० ०८:५२ मा प्रकाशित
Total Shares: 599
काठमाडौं - ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा शुक्रबार राति भएको आगलागीबाट साढे ७ करोड रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको छ।
प्रारम्भिक विवरणअनुसार ७ करोड ६५ लाख ७२ हजार ७ सय रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ।
त्यसमध्ये व्यक्तिगत ७ करोड ४३ लाख २५ हजार र संस्थागत २२ लाख ४७ हजार ७ सय रुपैयाँ बराबरको क्षति भएको हो। आगलागीले ८ घर जलेका थिए। अन्य केही घरमा आंशिक क्षति भएको थियो। आठ घरमा डेरा, पसल गरी बस्ने २९ परिवार विस्थापित भएका छन्।
फेसबुक पेज Like गर्नुहोस