काठमाडौं - नेपालमा थप दुई जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १९ पुगेको छ ।

नयाँ थपिएका संक्रमितमा नेपालगञ्ज र कपिलवस्तुका एक एक जना पुरुष छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ का ३६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा उनको नतिजा पोजिटिभ आएको हो ।

यस्तै कपिलवस्तुका २२ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हिजो एकै दिन ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।