काठमाडौं - सोमबार बिहान आफ्नै शरीरमा आगो लगाएका अछाम बयलपाटा अस्पतालका कर्मचारीको मृत्यु भएको छ ।

अस्पताल परिसरमै आफ्नो जीउमा आगो लगाएका २७ वर्यका सिद्धार्थ आउजीको अछाममा उपचार हुन नसकेपछि कोहलपुर मेडिकल कलेजमा लगिएको थियो । साफेबगर नगरपालिका-६ का उनको दिउँसो ३ बजेतिर मृत्यु भएको वडाध्यक्ष प्रेमराज शर्माले जानकारी दिए ।

अस्पतालको सेवाबाट निकालिएको सूचना पाएका आउजीले विहान ९ बजेतिर आफ्नै जिउमा आगो लगाएका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।

साँफेबगर नरपालिकाका मेयर कुलबहादुर कुँवरका अनुसार उनीसहित ३३ जनालाई केही दिनअघि तीन महिनाको समय दिएर सेवा मुक्त गर्नको लागि सूचना जारी गरिएको थियो ।