काठमाडौं - आइतबारयता नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्डबीच भेटर्वाता भएको छ ।

ठमेलको एक होटलमा विहान साढे ९ बजे प्रचण्ड भेट तय गरिएको थियो । नेताहरुबीच दुई देशको सम्बन्ध र आपसी हितबारे कुराकानी हुने बताइएको थियो ।

भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रचण्डले वाङसँग दुई देशबीचको मित्रतापूर्ण सम्बन्धलाई थप सुदृद्ध बनाउने विषयमा छलफल केन्द्रीत रहेको जानकारी दिए ।

यस्तै नेपालको आर्थिक विकासको प्रयासमा चीनबाट हुने सहयोग र अपेक्षाका सँगसँगै दुई सहरकारकाबीचमा विगतमा भएको सहकार्य र सहयोगलाई थप विस्तार गर्नेबारे पनि छलफल भएको प्रचण्डले बताए ।

यस्तै चिनियाँ राष्ट्रपतिको पिङको आसन्न नेपाल भ्रमणबारे पनि विचारविमर्श भएको भन्दै प्रचण्डले भेट सकारात्मक र उत्साहप्रद रहेको प्रतिक्रिया दिए ।आजको छलफलबाट दुई देशबीचको सम्बन्ध थप उचाईमा पुग्ने प्रचण्डले विस्वास व्यक्त गरे ।