सिद्धबाबाको सात दिन म्याद थपियो, अस्पतालमा नै राख्न अदालतको आदेश
खबर एक्सप्रेस
२०७६-०८-३० ११:०० मा प्रकाशित
Total Shares: 633
विराटनगर - प्रहरी नियन्त्रणमा रहेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले अदालतबाट तेस्रो पटक समय लिएको हो। अनुसन्धान नसकिएको भन्दै प्रहरीले पुनः म्याद थपको लागि सरकारी वकिल कार्यालय मार्फत् म्याद मागेको थियो। पुनः म्याद थप गर्न उनलाई जिल्ला अदालत सुनसरीमा उपस्थित गराइएको थियो।
अदालतका न्यायाधीश मणिराम न्यौपानेको इजलासले उनलाई सात दिन हिरासतमा राख्न अनुमति दिएको हो । अदालतमा उपस्थित गराएर उनलाई पुनःविराटनगरस्थित विराट नर्सिङ होममा नै लागिएको छ। अदालतले प्रहरीलाई अस्पतालमा नै राख्न र बयान समेत अस्पतालमा नै गराउन आदेश दिएको छ ।
फेसबुक पेज Like गर्नुहोस