पश्चात चितवनमा शालिकराम पुडासैनीको पक्षमा प्रदर्शन
चितवन - पत्रकार रवि लामिछानेको पक्राउविरुद्ध उनका समर्थकहरू प्रदर्शन गरेको भोलिपल्ट चितवनमा अनुसन्धान प्रभावित नगर्न आग्रह गर्दै प्रदर्शन भएको छ ।
पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्याको लागि दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका लामिछानेका समर्थकहरूले शुक्रबार जिल्ला प्रहरी कार्यालयअगाडि प्रदर्शन गरेका थिए ।
उक्त प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा दुवै पक्षबीच झडप भएको थियो । झडपमा पाँच जना प्रहरी समेत घाइते भएका थिए ।
सो घटनाको भोलिपल्ट पत्रकार शालिकराम पुडासैनीले गरेको आत्महत्याको निष्पक्ष छानविन गर्न माग गर्दै शनिबार बिहान चौबिसकोठीमा प्रदर्शन गरिएको हो ।
‘स्वतन्त्र युवा समूह’ले गरेको प्रदर्शनमा सहभागीहरुले ‘निष्पक्ष छानविन गर्न देऊ’, ‘अपराधलाई राजनीतिकरण नगरौं’, ‘पुडासैनीले न्याय पाउनैपर्छ’, ‘दोषीलाई कारबाही होस्’, ‘एनजीओको हस्तक्षेप बन्द गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
यसैबीच जिल्ला अदालत चितवनले पुडासैनीको आत्महत्याको अनुसन्धान गर्न पत्रकार लामिछानेसहित दुई जनालाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ । शुक्रबार प्रहरीले लामिछानेलाई अदालतसमक्ष पेश गरेको थियो ।
फेसबुक पेज Like गर्नुहोस