मेरो काम मुर्छित सपना जगाउनु नै थियो : प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनमा बिषयमा कोही पनि सत्ता पक्ष र कोही पनि प्रतिपक्ष नरहेको बताएका छन् ।
संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा शुक्रबार आयोजित बिशेष समारोहलाई सम्बोधन गर्दै उनले संविधानका सबालमा सबै बराबर रहेको बताए । कार्यक्रममा प्रधानमन्त्री ओलीले अतिवादी सोच राख्ने शक्तिहरूलाई पनि मूलधारमा आउन आग्रह गरे ।
प्रधानमन्त्री ओलीले भने, बाटो भुलिरहेका अन्यलाई पनि मूलधारमा आउन ढिला नगर्न आग्रह गर्दछु । प्रधानमन्त्री ओलीले आफूले विकास र समृद्धिका लागि मुर्छित सपनामाथि पानी छरेकै हो भन्दै अगाडि भने, ‘मेरो काम मुर्छित सपना जगाउनु नै थियो ।’ प्रधानमन्त्री ओलीले सरकारको कामलाई प्रभावकारी बनाउन प्रधानमन्त्री र मन्त्री तथा मन्त्री र सचिवहरूबीच कार्यसम्पादन सम्झौता गरिएको स्पष्ट पारे ।
उनले टिमुरेमा सुख्खा बन्दरगाह निर्माण अन्तिम चरणमा रहेको, एक वर्षभित्र गौतमबुद्ध विमानस्थल र अर्को वर्ष पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भइसक्ने, धौवादी फलाम खानी निर्माणसँगै सुरुङ मार्ग, रेल मार्ग हुँदै पानीजहाजको सपना साकार पार्ने दिशामा अघि बढेको पनि बताए । ओलीले भने, ‘भन्नकै लागि त भन्न सकिन्छ खै त रेल, खै त पानी जहाज रु कता छ सतह जलमार्गमा मालवाहक सवारी कुदेको ? अझै जोड दिएर सोध्न सकिन्छ, हामीलाई सपना किन देखाएको रु हामीमा आशा किन जगाएको ?’
फेसबुक पेज Like गर्नुहोस