बुटवल - रुपन्देहीका पहिलो कोरोना संक्रमित युवा निको भएर घर फर्किएका छन् । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत २५ वर्षीय युवाको अन्तिम परीक्षणमा कोरोना नेगेटिभ भएपछि डिस्चार्ज भएका हुन् ।

रुपन्देहीको कोटहीमाई गाउँपालिका-१ का युवामा १३ दिनअघि काठमाडौंको राष्ट्रिय जनस्वास्थय प्रयोगशालामा स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

अस्पतालले पुनर्परीक्षणका लागि उनको स्वाब प्रादेशिक प्रयोगशाला भैरहवामा पठाएको थियो । अस्पतालका मेस राजेन्द्र खनालका अनुसार प्रयोगशालाले नेगेटिभ नतिजा देखाएपछि उनलाई मंगलबार डिस्चार्ज गरिएको हो ।