काठमाडौं - रणवीर सिंह र दीपिका पादुकोण बलिउडका चर्चित जोडी हुन् । ६ वर्षसम्म प्रेम सम्बन्धमा रहेर गत वर्ष उनीहरूले विवाह गरे । हालै एक अन्तर्वार्तामा रणवीरले दीपिकासँगको विवाहपछि उनको जिन्दगी कसरी बदलियो भन्ने बताएका छन् । 

अन्तार्वार्तामा रणवीरलाई सोधिएको थियो, ‘के तपाईं र दीपिका झगडा गर्नुहुन्छ रु’ रणवीरले भनेका छन्, ‘हामी कहिल्यै झगडा गर्दैनौँ । हाम्रो सम्बन्ध समयसँगै अझै व्यापक भएको छ । हामीबीच मात्र प्रेम छ । शंकाको कुनै स्थान छैन । हामी एक–अर्काको अनुभव सेयर गर्छौं र खुबै हाँस्छौँ ।’ 

दीपिका बच्चाजस्ती निर्दोष भएको र त्यो कुरा आफूबाहेक कसैलाई थाहा नभएको रणवीरले बताएका छन् । केही दिन पहिले रणवीरले आफ्नो ३४औँ जन्मदिन दीपिकाका साथ लन्डनमा मनाएका थिए ।