वीरगन्ज - वीरगन्जको छपकैयाँका दुई जनाका कोरोना भाइरस संक्रमणको आशंका गरिएको छ । छपकैयाँको मस्जिदमा बसेका तीन जना भारतीय संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाबको पिसिआर परिक्षणमा दुई जनामा पोजेटिभ देखिएको नारायणी अस्पताल स्रोतले बताएको छ ।

ती दुई जनामध्ये एक जना महानगरको सफाइ कर्मचारी हुन् । उनीहरुलाई अहिले नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ । शनिबार १ सय ८७ जनाको स्वाब पिसिआर परीक्षणका लागि काठमाडौं पठाइएको थियो। अस्पतालबाट आजै चारजना संक्रमितलाई डिस्चार्ज गर्ने तयारी भइरहेको थियो, जसमा तीनजना जमाती थिए।