काठमाडौं - सप्तरीमा लक डाउनका बेला बाहिर निस्केकी एक महिलाको प्रहरीसँगको विवादका क्रममा बेहोस भएर मृत्यु भएको छ । मृत्यु हुनेमा खड्ग नगरपालिका ६ बीरपुरकी ६५ बर्षीया जयनव खातुन रहेकी छन् ।

सोमबार बिहान लकडाउन उल्लंघन गरेर सर्वसाधारण बाहिर निस्केपछि प्रहरीले सम्झाउँदै गर्दा खातुन बेहोस भएर ढलेकी थिइन् । उनलाई उपचारको लागि सगरमाथा अञ्चल अस्पताल पुर्‍याउँदा चिकित्सकहरुले हृदयघातका कारण मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीका अनुसार उनी मुटुका रोगी थिइन् ।