काठमाडौ - चाडबाड नजिकिएसंगै हुने भिडभाड कृत्रिम अभाव र मूल्यवृद्धिलाई मध्यनजर गर्दे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुपथ मूल्यको पसल संचालन गर्ने जनाएको छ । मन्त्रालयको केही दिनअघि बसेको बैठकले आगामी असोज १५ गतेबाट संयुक्त बजार अनुगमन गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले १५ असोजपछि बजार अनुगमन गर्नको लागि टोली परिचालन हुने बताए ।

उनका अनुसार महानगर, प्रदेश सरकार र ७७ वटै जिल्ला प्रशासन कार्यलयलाई सक्रिय बनाइनेछ । विभागले चाडबाडका बेलामा हरेक वर्ष सुपथ मूल्य पशल संचालन गर्दे आएको छ ।

सुपथ मूल्य पशलमा सबैभन्दा बढी खाद्य सामाग्री राख्ने साल्ट ट्रेडिङले बताएको छ । तर सुपथ मूल्य पशल कहिलेबाट संचालन गर्ने भन्न्े निर्णय हुन बाँकी रहेको पनि कर्पोरेशनले बताएको छ ।