पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
खबर एक्सप्रेस
९ घण्टा अगाडि
Total Shares: 8
काठमाडौं - पूर्वयुवराज पारस शाह बिरामी परेका छन् ।
शाहलाई हृदयाघात भएपछि आइतबार बेलुकी थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।
उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ। शाहलाई विभिन्न समयमा गरी यसअघि तीन पटक हृदयाघात भएको थियो।
अबको तीन दिन अझै अस्पतालको निगरानीमा राखिनेछ । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार पारसको स्वास्थ्य अवस्था सुधारोन्मुख छ। उनी खतरामुक्त रहेको बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस