पोखरा - पोखरा निर्वाचन कार्यालय नजिकै बम विष्फोट भएको छ । उपनिर्वाचनका लागि मनोनयन दर्तासँगै पोखरा निर्वाचन कार्यालय नजिकै बम बिष्फोट भएको पाखेराबाट पत्रकार राजेन्द्र अधिकारीले जानकारी दएिका छन् ।

बम मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिक विस्फोट भएको हो । निर्वाचन अधिकृतको कार्यालयभन्दा १०० मिटर दूरीमा विस्फोट भएको प्रहरीले जनाएको छ ।

 जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बिहीबार बिहान राष्ट्र बैंक चोक नजिकै टुरिष्ट बसपार्कमा बम विस्फोट हो ।

 कास्कीमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी उम्मेदवार विद्या भट्टराई उम्मेदवारी दर्ताका लागि कार्यालय पुगेलगत्तै बम विस्फोटको आवाज सुनिएको थियो । यद्यपि, हाल उनले उम्मेदवारी दर्ता गरिसकेकी छन्।