काठमाडौं - रोल्पा अस्पतालको आइसोलेशनमा मृत्यु भएका युवकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
सोमबार रोल्पा नगरपालिका–१ सानो लिवाङका २२ वर्षीय युवकको रोल्पा अस्पतालको आइसोलेशनमा मृत्यु भएसँगै उनको कोरोना परिक्षण भएको थियो । उक्त रिपोर्ट नेगेटिभ आएको हो ।
दुई वर्षदेखि मिर्गौलाको रोगबाट पीडित युवक काठमाडौँको टिचिङ अस्पतालबाट उपचार गरी फर्केका थिए ।

.gif)



