काठमाडौं-मंगलबार सेयर बजार घटेको छ । अघिल्ला तीन दिन लगातार बढेको सेयर बजार मंगलबार घटेको हो । बजारको परिसूचक नेप्से १६.९५ अंक घटेको छ। सो गिरावटपछि नेप्से २६७६ अंकमा झरेको छ ।

बजारको अंकसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ७ अर्ब ५६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ७९ करोडको कारोबार भएको छ ।

४२ कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो भने व्यापारबाहेक सबै सेक्टरका सूचक घटेका छन् । विशाल बजार कम्पनीको मूल्य बढ्दा व्यापार सेक्टर ३।८ प्रतिशत बढेको छ ।

बैंकिङ ०.७४, विकास बैंक ०.९५, फाइनान्स १.८४, होटल तथा पर्यटन १.७४, हाइड्रोपावर ०.९९, लगानी ०.४४, जीवन बीमा ०.६३, उत्पादन ०.५२, माइक्रोफाइनान्स १.१०, निर्जीवन बीमा ०.३८ र अन्य समूह १.३९ प्रतिशत घटेका छन् भने गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढेको छ । राधि विद्युत्को ४.२८, सयपत्री हाइड्रोको ४.१५, विशाल बजारको ४.०६ प्रतिशत मूल्य बढेको छ ।

गुराँस लघुवित्तको मूल्य सबैभन्दा धेरै ५.५ प्रतिशत, छ्याङ्दी हाइड्रोको ४.३६, उपकार लघुवित्तको ४.०५, दोर्दी हाइड्रोपावरको ३.६ प्रतिशत मूल्य घटेको छ ।

धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स, नेपाल पुनर्बीमा र हिमालयन पावर पार्टनर क्रमशः अगाडि रहेका छन् ।