काँग्रेस एकपछि अर्को विवादमा फस्दै जानुमा मुख्य दोषी को ?
काठमाडौं - आन्तरिक मुद्दालाई लिएर काँग्रेसमा विवाद चर्कँदै गएको छ । भ्रातृ संस्था तरुण दलको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा संस्थापन र संस्थापन इतर पक्षीय नेताहरुको विवाद सतहमा देखिएको हो ।
दलको स्थापना दिवसको अवसरमा आइतबार छुट्टाछुटटै कार्यक्रम आयोजना गरिए भने एक पक्षको कार्यक्रममा अर्का पक्षका नेताहरु सहभागी भएनन् ।
दलका अध्यक्ष जीतजंग बस्नेतले पार्टी केन्द्रीय कार्यालय सानेपामा र महासचिवबाट निष्काशित भूपेन्द्रजंग शाहीले सामाखुसीको एक पार्टी प्यालेसमा एउटै समयमा चियापान राखेका थिए ।
महाधिवेशनको तयारी, भ्रातृ संस्था अधिवेशन, विभाग, केन्द्रीय कार्यसम्पादन समिति, नेविसंघको पुनर्गठन र तरुण दलको विवादलगायत विषयमा पार्टीभित्र संस्थापन पक्ष र इतरपक्षबीच विवाद बढ्दै गएको छ । एकपछि अर्को गर्दै विवाद बढ्दै जानुमा पदाधिकारी मुख्य दोषी रहेको समाचारमा उल्लेख छ ।
कान्तिपुर दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस