काठमाडौं-स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७५ हजार २०० रुपैयाँ कायम भएको छ। 

सोमबार सुनको मूल्य तोला १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको थियो। 

यस्तै चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला २ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी तोलाको २ हजार ४० रुपैयाँ कायम भएको  थियो।