काठमाडौं - उपत्यकामा एकै दिन ४ सय ४२ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा भेटिएका १ हजार १४ संक्रमितमध्ये ४ सय ४२ काठमाडौं उपत्यकामा मात्र भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

काठमाडौंमा ३ सय ४४, भक्तपुरमा ३१, ललितपुरमा ६७ जना संक्रमित थपिएका हुन्। यो सँगै काठमाडौंमा संक्रमितको संख्या ९० हजार ७ सय ७२ पुगेको छ। जसमध्ये ५ हजार ७४ जना सक्रिय संक्रमित छन्। हालसम्म ४ सय १४ जना संक्रमितको मृत्यु भएको छ भने ८५ हजार २ सय ८४ जना उपचारपछि निको भएका छन्। 

ललितपुरमा संक्रमितको संख्या १३ हजार ९ सय ४ पुगेको छ। जसमध्ये १ सय २४ जनाको मृत्यु र १२ हजार ७ सय ४० जना उपचारपछि निको भएका छन्। हाल ललितपुरमा १ हजार ४० जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ। 

यस्तै, भक्तपुरमा कुल संक्रमितको संख्या ८ हजार २ सय २८ छ। ४ सय ४४ जना उपचाररत छन्। ९६ जनाको मृत्यु भएको छ भने ७ हजार ६ सय ८८ जना उपचारपछि निको भएको मन्त्रालयले जनाएको छ।