सरकारको घोषणा : सागका स्वर्ण पदक विजेताले ९ लाख पाउने
खबर एक्सप्रेस
२०७६-०८-२५ ११:०० मा प्रकाशित
Total Shares: 499
काठमाडौं - सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिने भएको छ ।
बुधबार बालुवाटारमा आयोजित कार्यक्रममा स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो । त्यस्तै रजत जित्नेलाई ६ लाख र कांस्य जित्नेलाई ३ लाख दिने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका छन् ।
काठमाडौंमा मंगलबार सकिएको सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यपदक प्राप्त गरेको थियो ।
फेसबुक पेज Like गर्नुहोस