काठमाडौं - नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४६ पुगेको छ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला, भरतपुरमा गरिएको परीक्षण अनुसार नयाँ संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बिहीबार अराह्न १२:१५ मा जारी सूचनामा भनिएको छ। संक्रमित नवलपरासी (पूर्व) देवचुली नगरपालिका १२ निवासी ४९ वर्षीय पुरुष हुन्।