विक्की कौशलका साथ नयाँ फिल्ममा देखिँदै मानुषी
काठमाडौं - पूर्व मिस वल्र्ड र अभिनेत्री मानुषी छिल्लरले अभिनेता अक्षय कुमारका साथ फिल्म ‘सम्राट पृथ्वीराज’बाट बलिउडमाइला कदम राखेकी थिइन् ।
मानुषीको यो पहिलो फिल्मले बक्सअफिसमा फ्लप साबित भयो । तर, मानुषीका लागि यो फिल्मले राम्रै ढोका खोलिदियो ।
यो फिल्मपछि मानुषीले अन्य दुई फिल्ममा अभिनयको लागि हस्ताक्षर गरिसकेकी छन् । उनको हालैमात्र तेस्रो फिल्ममा आफूलाई अनुबन्धित गरेकी छन् ।
यो फिल्मको सुटिङ युरोपमा हुनेछ । यद्यपि, फिल्मलाई लिएर अन्य विस्तृत जानकारी खुलाइएको छैन । मानुषीले यो फिल्ममा ‘सम्राट पृथ्वीराज’ रिलिजको केही दिनपछि नै हस्ताक्षर गरेकी थिइन् ।
मानुषी चाँडै नै अभिनेता विक्की कौशलका साथ नयाँ फिल्ममा देखिँदैछिन् । यद्यपि, यो फिल्मको आधिकारिक घोषणा गरिएको छैन । फिल्मको निर्माण यशराज फिल्मले गर्नेछ ।
फेसबुक पेज Like गर्नुहोस