नेपालमा काेराेना भाइरसबाट मृत्यु हुनेकाे संख्या २५१ पुग्याे
खबर एक्सप्रेस
२०७७-०५-१७ ०४:४२ मा प्रकाशित
Total Shares: 413
काठमाडौं - कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २५१ पुगेको छ। २४ घण्टाकाे समय अविधमा १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमण थप १,१२० जनामा देखिएको छ ।
यो वृद्धिसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ४१,६४९ पुगेको छ।
बुधवार अपराह्ण आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले देशभरि १८,१०८ सङ्क्रमित भएको बताए।
फेसबुक पेज Like गर्नुहोस