काठमाडौं - काठमाडौं उपत्यकामा शुक्रबारदेखि लकडाउन थप कडाइ गरिने बताइएको छ ।

बिहीबार गृह मन्त्रालयमा काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारी, मेयरहरू, प्रहरी अधिकारीहरूसँग भएको छलफलमा उपत्यकामा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या बढेसँगै लकडाउन कडा बनाउने बताइएको स्रोतले जानकारी दिएको छ । भोलिदेखि आवातजावातको चेकिङमा थप कडाइ गरिनेछ ।

हालसम्म काठमाडौं र भक्तपुरमा ६ जनामा कोरोनाका संक्रमित देखिएका छन् । नेपालमा अहिलेसम्म कोरोनाबाट दुई सय ४६ जना संक्रमित छन्।