काठमाडौं - नेपालले एसीसी प्रिमियर कपमा साउदी अरेबियाविरुद्ध पहिला फिल्डिङ गर्दैछ ।
मलेसियाको बायोमास ओभलमा साउदीका कप्तान वाजी उदल हसनले टस जितेर ब्याटिङको निर्णय लिएका हुन् ।
नेपाल लगातार तेस्रो जितसँगै एक खेलअगावै सेमिफाइनलमा स्थान पक्का गर्ने लक्ष्यमा छ । नेपाल प्रतियोगितामा लगातार दुई जितसहित बलियो अवस्थामा छ।
नेपालले पहिलो खेलमा बहराइनलाई सात विकेटले तथा दोस्रो खेलमा आयोजक मलेसियालाई ६ विकेटले पराजित गरेको थियो।
यता, आफ्नो चौथो खेल खेल्दै गरेको साउदी पनि लगातार दोस्रो जितका साथ प्रतियोगिताको अन्त्य गर्न चाहन्छ । यसअघि हङकङ र मलेसियासँग पराजित साउदीले बहराइनलाई हराएको थियो ।

.gif)


