यस्तो छ आइतबारको मौसम
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव र स्थानीय वायुको प्रभाव रहेको छ । साथै बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको सामान्य प्रभाव परिरहेको छ।
हाल पश्चिमी भु-भागहरुमा बदली भई हावाहुरी, मेघगर्जन र चट्याङसहित केहि स्थानहरुमा वर्षा भईरहेको छ र बाँकी भु-भागमा सामान्यतया सफा रहेको जनाइएको छ ।
महाशाखाका अनुसार दिउँसो देशको पश्चिमी भु-भाग लगायत मध्य र पुर्वका पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने बाँकि भू-भागमा आंशिक बदली रहनेछ। पश्चिमी भू-भागका केही स्थानहरुमा साथै मध्य र पुर्वका एक दुई स्थानहरुमा मेघगर्जन, चट्याङ्ग,असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
यस्तै, राती भने देशको पश्चिमी भु-भागमा सामान्य बदली रहि वांकी भु-भागमा आंशिक बदली रहनेछ। पश्चिमि भु-भागका थोरै स्थानहरु लगायत मध्य र पुर्व १-२ स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
फेसबुक पेज Like गर्नुहोस