प्रधानमन्त्री पहिलो पटक राज्य व्यवस्था समिति बैठकमा
काठमाडौं - भारतले जारी गरेको नयाँ नक्साका विषयमा छलफल गर्न प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको छ ।
नेपाली भूमि कालापानी, लिपुलेक र लिम्फियाधुरालाई भारतले आफ्नो नक्सामा देखाएको विषयमा छलफल गर्न समितिले प्रधानमन्त्री ओलीलाई सोमबार बोलाएको हो ।
प्रधानमन्त्री निर्वाचित भएयता प्रधानमन्त्री ओलीलाई कुनै पनि संसदीय समितिले डाकेका थिएनन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसम्बन्धी विषय राज्य व्यवस्था समितिको क्षेत्राधिकार भित्र पर्छ। अन्य समितिले पनि प्रधानमन्त्रीलाई छलफलका लागि बोलाउन सक्छन्। यद्यपी समितिले अहिलेसम्म प्रधानमन्त्रीलाई डाकेका थिएनन्।
सत्तारूढ नेकपाले अधिकांश संसदीय समितिको नेतृत्व आफैं राखेका कारण प्रधानमन्त्रीलाई डाक्ने हिम्मत जुटाएका थिएनन् ।
फेसबुक पेज Like गर्नुहोस