काठमाडौं - सरकारले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई कार्यवाहक गभर्नरको जिम्मेवारी दिएको छ । चैत २२ गते नै कार्यवाहक गभर्नर ढुंगानालाई तोकेको पत्र आज नेपाल राष्ट्र बैंक पुगेको हो ।

राष्ट्र बैंकका सूचना अधिकारी सुमन न्यौपानेले अर्थ मन्त्रालयबाट डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यवाहक गभर्नरको जिम्मेवारी तोकिएको पत्र आएको बताए । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुंगानालाई कामु गभर्नरको जिम्मेवारी तोकेका हुन् ।