सातै प्रदेशका प्रमुख पदमुक्त
खबर एक्सप्रेस
२०७६-०७-१७ ११:०० मा प्रकाशित
Total Shares: 450
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् । मन्त्रिपरिषदको आजको बैठकको निर्णयबाट सिफारिस भएअनुसार भण्डारीले प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेकी हुन् ।
संसदीय चुनाव सम्पन्न भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले सातै प्रदेशका प्रमुखलाई कामचालाउ प्रधानमन्त्रीको हैसियतमा नियुक्त गरेका थिए ।
देउवाले प्रदेश १ मा प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश २ मा रत्नेश्वरलाल (कायस्थ), प्रदेश ३ मा अनुराधा कोइराला, प्रदेश ४ (गण्डकी) मा बाबुराम कुवँर, प्रदेश ५ मा उमाकान्त झा, प्रदेश ६ (कर्णाली)मा दुर्गाकेशर खनाल र प्रदेश ७ (सुदूरपश्चिम)मा मोहनराज मल्ललाई नियुक्त गरेका थिए ।
फेसबुक पेज Like गर्नुहोस