‘लाज शरणम्’ को फिल्मी गतिविधि रोक्न अदालतको आदेश
खबर एक्सप्रेस
२०८१-११-०६ ०९:२७ मा प्रकाशित
Total Shares: 41
काठमाडौं - चलचित्र ‘लाज शरणम्’ को फिल्मी गतिबिधिमा अदालतले रोक लगाएको छ । उच्च अदालत पाटनको न्यायाधीशद्वय लालबहादुर कुँवर र हेमन्त रावलको इजलासले मंगलबार अन्तरिम आदेश जारी गर्दै फिल्मको सम्पूर्ण गतिविधिमा रोक लगाउने आदेश गरेको हो ।
कर्तव्य ज्यान मुद्दामा रौतहट जिल्ला अदालतको आदेशले थुनामा रहेका नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताब आलमले दायर गरेको रिटमा यस्तो आदेश गरेको हो । आलमले फिल्मको पोष्टरमा आफ्नो नक्कल देखाइएको र यसले आफ्नो अवहेलना भएको जिकिर गर्दै मुद्दा दायर गरेका थिए । उक्त फिल्मको फागुन १४ लाई प्रदर्शन मिति तोकिएको थियो ।
फेसबुक पेज Like गर्नुहोस