गण्डकीमा थप ३७ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १८८ पुग्यो
खबर एक्सप्रेस
२०७७-०३-०२ ०८:०७ मा प्रकाशित
Total Shares: 322
पोखरा - गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार विभिन्न जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो ।
निर्देशनालयका अनुसार पर्वतका १३, स्याङ्जाका २२, तनहुँ १ र नवलपरासीका १ जना संक्रमित रहेको डा विनोद विन्दु शर्माले बताए । यो सँगै संक्रमितको संख्या १ सय ८८ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस