काठमाडौं - रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेको संख्या ५३८ पुगेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार दिउँसो ३ बजेसम्म विभिन्न प्रभावित क्षेत्रबाट ती शा फेला परेका हुन् । सबैभन्दा धेरै शव चितवनमा २२१ वटा फेला परेको बताइएको छ ।
त्यस्तै नवलपरासी पूर्वमा १३४, गोरखामा ४६ (विभिन्न मानव अंगसहित), नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ वटा शव फेला परेका छन् ।
बाढीपछि ९७७ जना सम्पर्कविहीन भएको सूचना प्राधिकरणमा पुगेको छ । बेपत्ता हुनेमा रसुवाका १६१ जना, नेपाली सेनाका ४५, नेपाल प्रहरीका २८, रसुवा भन्सार कार्यालयका १५, सशस्त्र प्रहरीका १३ र अध्यागमन कार्यालयका ४ जना छन् ।
नुवाकोटका एक जना पनि बेपत्ता सूचीमा छन् । त्यस्तै मकवानपुरका ६६ जना, विदेशी नागरिक ५१७ जना तथा नेपाल भ्रमणमा आएका नेपाली नागरिक १२७ जना समेत सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
बाढीमा परी हालसम्म ७३ जना घाइते भएका छन्। घाइतेमध्ये ४३ जना रसुवा, २७ जना नुवाकोट र तीन जना धादिङका छन्।
बाढी प्रभावित क्षेत्रमा सुरक्षा निकायले उद्धार कार्यलाई तीव्रता दिएको छ। प्राधिकरणका अनुसार हालसम्म ३ हजार ७४२ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये २५ जना विदेशी नागरिक छन् भने बाँकी नेपाली नागरिक रहेका छन्।
घाइते तथा जोखिममा रहेका नागरिकको उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरले ७८ पटक उडान भरेका छन्। उद्धारसँगै प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउने कामसमेत जारी छ।

.gif)


