काठमाडौं - चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक बनेको ठूलो ताल फुटेपछि चिनियाँ पक्षले उक्त क्षेत्रको निरन्तर निगरानी गरिरहेको जनाएको छ।
चिनियाँ पक्षले नेपाली अधिकारीलाई पठाएको जानकारीअनुसार तालबाट पानी निरन्तर बाहिर बगिरहेको छ। पानीको मात्रा बढेसँगै तालको आकार पनि विस्तार हुँदै गएको जनाइएको छ।
यद्यपि, हालको अवस्थामा एक्कासि ठूलो बाढी आउने जोखिम भने कम रहेको चिनियाँ पक्षको आकलन छ।
यसअघि तालभन्दा तल्लो क्षेत्रमा बरफ र चट्टान खसेको घटना भएको थियो। त्यसपछि चिनियाँ अधिकारीहरूले घटनास्थलको अवस्थालाई निरन्तर निगरानी गरिरहेका छन्।
थप जानकारी प्राप्त भएमा नेपाली पक्षलाई तत्काल जानकारी गराउने चिनियाँ पक्षले जनाएको छ।

.gif)


