काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बिहीबार बस्ने भएको छ।
पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बैठक बस्न लागेको हो। रास्वपा प्रवक्ता जगदीश खरेलले बैठक बिहीबार बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, वनस्थलीमा बस्ने बताए।
प्रवक्ता खरेलले बैठक समसामयिक विषयमा केन्द्रित रहने जानकारी दिए।

.gif)


