उपनिर्वाचनः उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज
काठमाडौं - निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यतर्फ मनोनयन भएका उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज आइतबार गर्दैछ ।
आयोगले आइतबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म नामावली प्रकाशित हुने जनाएको छ । यसअघि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रम तय गरिएको छ ।
आउँदो मंसिर १४ गते विभिन्न कारणले रिक्त प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका ५२ पदमा उपनिर्वाचन हुँदैछ ।
गएको बिहीबार उम्मेदवारले मनोनयन पत्र दर्ता गरेका थिए । उम्मेदवारीमाथि दाबी–विरोध र उम्मेदवारी फिर्तालगायत प्रक्रिया पूरा गरी आइतबार अन्तिम नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि भोलि सोमबार बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने आयोगले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस