कश्मिर हमला भारतको आत्मामाथि हमला हो, आतंककारीलाई कडा भन्दा कडा सजाय हुन्छ : मोदी
काठमाडौं-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु कश्मिरको पहलगाममा हमला गर्ने आतकंकारीलाई उसले कल्पना गरेभन्दा बढी सजाय हुने दाबी गरेका छन् ।
आज एक सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले सजाय गरेरै छाड्ने दोहोर्याए । उनले भने–‘जसले यो हमला गरेको छ । उसको हर हिसाबमा सजाय मिल्छ, मिल्छ । उसको कल्पना भन्दा धेरै सजाय मिल्छ ।’
उनले यो घटनापछि सरकारले घाइते परिवारको उपचारका लागि सबै प्रयास जारी राखेको पनि जानकारी गराए ।
सिंगो देश नै एउटै आक्रोश र दुःखमा रहेको बताएकामोदीले भनेका छन्–‘यो आतंककारी हमलामा कतिले आफ्ना छोरा गुमाएका छन्, कसैले भाइ गुमाएका छन्, कतिले आफ्ना जीवनसाथी गुमाएका छन् । यो हमला पर्यटकमाथि मात्रै भएको होइन । देशकै दुष्मनले भारतको आत्मामाथि हमला गर्ने दुस्साहस गरेका छन् ।’
फेसबुक पेज Like गर्नुहोस