बाँके - बाँके जिल्लाको नेपाल-भारत सीमा क्षेत्रको क्वारेन्टाइनमा खटिएका एक प्रहरी जवानको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ।

शनिबार बिहान क्वारेन्टाइनको ड्युटी सकेर मोटरसाइकलमा निवास फर्कने क्रममा प्रहरी जवान सुवास सार्कीको मृत्यु भएको हो।

ड्युटी सकेर भे ३ प ३९ नं को मोटरसाइकलमा निवास फर्कने क्रममा प्रहरी जवानको राँझाचोक नजीकै सडकको डिभाइडरमा ठोक्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रहरी कार्यालय मुद्दा शाखा इञ्चार्ज प्रहरी निरीक्षक हृदयेन्द्र सापकोटाले आज बिहान करीब ३ बजे सो दुर्घटना भएको जानकारी दिए।