काठमाडौैं - देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ । हाल देशको तराई भू-भाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको छ।

प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरु र बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउँसो प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा कर्णाली तथा सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  प्रदेश १, प्रदेश २, बागमती  प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा  मेघ गर्जनर चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ  । प्रदेश २ र बागमती  प्रदेशका  एक-दुइ स्थानमा  धेरै भारि बर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । 

यस्तै, रातिमा भने प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा कर्णाली तथा सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका  थोरै स्थानहरुमा  मेघ गर्जनर चट्याङ्ग सहित  भारी वर्षाको सम्भावना रहेको छ  । प्रदेश १, प्रदेश २, र गण्डकी  प्रदेशका  एक दुइ स्थानमा  धेरै भारि बर्षाको समेत सम्भावना रहेको छ  ।

नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवनरयातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।