काठमाडौं - एसीसी यू-१९ इस्टर्न रिजनअन्तर्गत समूह चरणको अन्तिम खेलमा  नेपालले सिंगापुरलाई ३२७ रनको  विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

शुक्रबार किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङमा उत्रेको नेपालले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३२६ रन बनाएको हो । नेपालका लागि ओपनर रित गौतम १ सय ३७ बलमा १० चौका र १ छक्का प्रहार गर्दै ११५ रनमा अविजित रहे ।

त्यस्तै कुशल मल्लले विश्फोटक ब्याटिङ गर्दै २३ बलमा ४ चौका र ५ छक्कासहित ५१ रन बनाउँदै अविजित रहे ।

त्यसअघि १५ औं ओभरको चौथो बलमा ओपनर पवन सरार्फ आउट भएसँगै तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका खडक बहादुर बोहराले उत्कृष्ट ९० रनको महत्वपूर्ण योगदान दिए । नेपालका लागि ओपनर पवन सरार्फ ४५ रनमा आउट भए । कप्तान रोहित कुमार पौडेल भने ७ रनमा क्याच आउट हुन पुगे ।

सिंगापुरका लागि प्रनव सदर्शन राजेश कृष्णन र भिनित चितेश मेहताले समान २/२ विकेट लिए ।