काठमाडौंं - धरान उपमहानगरपालिकामा पनि भारतीय चलचित्र ‘आदिपुरुष’ नचल्ने भएको छ। धरानका मेयर हर्क साम्पाङले पनि उपमहानगरभित्र ‘आदिपुरुष’ चल्न नदिने भएका हुन्।

सोमबार सामाजिक सञ्जालमार्फत् धरानका चलचित्रहलहरूलाई आदिपुरुष प्रदर्शन नगर्न निर्देशन दिएका हुन्।

काठमाडौंं र पोखरा महानगरपालिकाले पनि भारतीय चलचित्र प्रदर्शन गर्न नदिने जनाएका छन्।

आदिपुरुषमा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवाद नसच्याइएको कारण हिन्दी चलचित्रको प्रदर्शन नदिने भएको हो।