काठमाडौं - पार्टीको १४औं महाधिवेशन नजिकिँदै गर्दा नेपाली काँग्रेसमा नेतृत्वका लागि दौडधुप सुरु भएको छ । 

यसैबीच वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्यको बैठक बोलाएका छन् । शुक्रबार दिउँसो महाधिवेशनबारे छलफल गर्न नेता पौडेलले आफूपक्षीय नेताहरूको बैठक बोलाएका हुन् ।  दिउँसो २ बजे बसुन्धरास्थित दियालो फुडल्यान्डमा बैठक बस्ने एक नेताले जानकारी दिए । 

१४औं महाधिवेशनमा फेरि सभापतिमा उम्मेदवारी दिने पौडेलको आकांक्षा छ। सामूहिक छलफल गरेर अगाडि बढ्ने पौडेलको भनाई छ ।  यता, महाधिवेशनमा सभापति बन्न सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले आफूपक्षीय छलफल बढाइरहेका छन्।

देउवाले सातै प्रदेशका आफूनिकट केन्द्रीय सदस्यसँग छलफल गरी आगामी महाधिवेशनमा आफू नै सभापतिमा उठ्ने बताइसकेका छन् ।