राष्ट्र बैंकसँग रविसहित तीन जनाको बैंक खाता मागियो
खबर एक्सप्रेस
२०७६-०५-०९ ११:०० मा प्रकाशित
Total Shares: 378
काठमाडौं - प्रहरीले रवि लामिछानेसहित तिन जनाको बैैक खाता र सो खाताको विवरण माग्दै नेपाल राष्ट्र बैंकलाई पत्र लेखेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले भदौ ४ गते नेपाल राष्ट्र बैंकलाई पत्र लेख्दै आत्महत्या दुरुत्साहन मुद्दाका प्रतिवादी टेलिभिजन प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता भन्ने रुकु कार्कीको बैंक खाता विवरण माग गरेको हो।
होटल कंगारुमा साउन २० मा आत्महत्या गरेका पत्रकार शालिकराम पुडासनीले मर्नुअघि बनाएको भिडियोमा प्रस्तोता रविसहित सिधाकुरा जनतासँगको टिमले करोडौं रकम उठाएको उल्लेख गरेका थिए।
फेसबुक पेज Like गर्नुहोस