काठमाडौं - शाहिद कपुर अभिनित कबीर सिंह' करियरकै सर्वाधिक हिट सिनेमा बनेको छ। सिनेमा हिट भएसँगै यसले बलिउडका केहि ठूला स्टारका सिनेमाको कमाइलाई पनि उछिनेको छ।

सिनेमाले भारतको घरेलु वक्सअफिसमा मात्र १९०.६० करोड भारू कमाइ गरिसकेको छ। सिनेमाले यसै साता २०० करोड भारूको कमाइ पार गर्ने अनुमान गरिएको छ।

पछिल्लो नयाँ कलाकारहरूले बलिउडमा बलियो उपस्थिति  जनाइरहेको अवस्थामा ुकबीर सिंहु को सफलताले शाहिदको करियरलाई रफ्तार प्रदान गरेको छ। सिनेमाबाट उनले तारिफ नै तारिफ बटुलिरहेका छन्।

तारिफका खबरबीच शाहिदले आफ्नो पारिश्रमिक दोब्बर पारेको खबर सार्वजनिक भएको छ। यसअघि उनले प्रति सिनेमा १०.१२ करोड भारू पारिश्रमिक बुझ्दै आएका थिए। नयाँ खबरका अनुसार अब उनले नयाँ सिनेमाका लागि २१ करोड भारू लिने भएका छन्।

'कबीर सिंहुको सफलताले सिनेमामा शाहिदको माग बढेकाले उनले  आफ्नो पारिश्रमिक बढाएका छन्। खबरका अनुसार हाल शाहिदलाई ठूला ब्यानरले सिनेमाका लागि प्रस्ताव गरिरहेका छन्।यसरी आफ्नो बढ्दो माग र चर्चालाई मध्येनजर गर्दै शाहिदले आफ्नो पारिश्रमिक बढाएको बताइन्छ।