फिल्म ‘तन्हाजी : 'द अनसंग वारियर’को ट्रेलर सार्वजनिक
खबर एक्सप्रेस
२०७६-०८-०३ ११:०० मा प्रकाशित
Total Shares: 2243
एजेन्सी - बलिउडका सुपरस्टार अजय देवगन अभिनित फिल्म ‘तन्हाजी : द अनसंग वारियर’को ट्रेलर सार्वजनिक भएको छ ।
अजय देवगनको करिअरको १०० औं फिल्म रहेको यो फिल्मको प्रतिक्षामा थुप्रै दर्शकहरु रहेको यसअघि का खबरहरुले प्रमाणित गरिसकेका छन् । ओम राउतको निर्देशनमा बनेको यो फिल्म आगामी वर्षको १० जनवरीमा रिलिज हुनेछ ।
थ्रीडीमा पनि प्रदर्शन हुने यस फिल्ममा अजय देवगन एक योद्धाको भूमिकामा देखा परेका छन् । फिल्ममा अजय सँगै काजोल र सैफ अलि खानको मूख्य भूमिका रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस