काठमाडौं - अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी टी–२० विश्वकपको खेलेर नेपाली स्वदेश फिर्ता भएको छ । आफ्नो यात्रा समूह चरणमै टुंग्याएको नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको हो ।

दुई समूह मध्ये पहिलो समूह आज बिहान बिहान १ बजे नेपाल अवतरण गरेको हो भने अर्को समूह आज बिहान १० बजे अवतरण हुने तालिका छ।

जारी विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशसँग सानो अन्तरले पराजित हुँदा नेपालले टेस्ट टोलीलाई पराजित गर्ने अवसर गुमाएको थियो।

अमेरिका लेग अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल, नेदरल्यान्डसँग ६ विकेटले पराजित भएको थियो भने श्रीलंककाविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो।