काठमाडौं - प्रमुख विपक्षी नेपाली कांग्रेसले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रही भएर मुद्दा चलाएको भन्दै आज पनि संसद अवरुद्ध गरेको छ ।

संसद अवरुद्ध भएपछि सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा बैठक ३० मिनेटको लागि स्थगित गरिएको छ । 

आज संसदको विशेष समय लिएर बोल्दै सांसद मीन विश्वकर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोग  सरकारको छायाँ बनेको आरोप लगाए ।

आफ्ना उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा लगाइएको उनको दाबी छ । लगत्तै कांग्रेस सांसदहरु आ–आफ्नो स्थानमा उभिएर संसदमा अवरोध गरेका छन् ।