समाजवादी पार्टीले तत्काल सरकार नछाड्ने !
काठमाडौं - समाजवादी पार्टीले तत्काल सरकार नछाड्ने निर्णय गरेको छ । बिहीबार बसेको संघिय परिषद् बैठकले तत्काल सरकार नछाड्ने निर्णय गरेको हो ।
सरकार छाड्नुपर्ने मत राख्दै आएका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले नै मध्यमार्गी प्रस्ताव राखेपछि सरकारबाट बहिर्गमन तत्काललाई टरेको छ । यद्यपि लामो समय सरकारमा बसिरहने अवस्था नभएको नेताहरु बताउँछन् ।
बुधबार पदाधिकारी बैठकमा पनि सरकारमा बसिरहने कि छाड्ने भन्ने बहस भएको थियो । तर पार्टी नेताहरु मध्यमार्गी लाइनमा सहमत भएका छन् ।
भट्टराईको राजनीतिक प्रस्तावमा सरकार र सरकारसवद्ध पाटीसँग वार्ता गरेर संविधान संशोधनका लागि पहल गर्ने र नभए सरकार छाड्ने विषयमा कार्यकारिणी समितिले निर्णय गर्नुपर्ने उल्लेख रहेको बताइएको छ ।
यद्यपि उनले संघीय सरकारमा पार्टीको सहभागिताबारे गम्भीर समीक्षा गर्न जरुरी रहेको बताएका छन् ।
फेसबुक पेज Like गर्नुहोस