कास्की - पछिल्लो समय पोखरामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पोखरामा एक हप्ता निषेधाज्ञा जारी गरिएको छ । सोमबार मध्यरातदेखि पोखरामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए । 

कोरोना भाइरसका संक्रमितको संख्या दिनानुदिन बढ्न थालेपछि महानगरले सोमबार रातिदेखि एक हप्ताका लागि पोखरामा निशेधाज्ञा शिल गरिएको हो ।  

पोखरा महानगरपालिकाको कोरोना संक्रमण रोकथाम मूल समितिको सोमबार बिहान बसेको बैठकले १ हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

मंगलबार बिहानबाट सुरु हुने निषेधाज्ञा भदौ ८ गते बेलुकासम्म कायम रहनेछ । निषेधाज्ञाको अवधिमा खाद्यान्‍न र औषधि पसलबाहेक अरु सबै पसल बन्द रहनेछन् ।