काठमाडौं, एजेन्सी - भारतीय चर्चित हास्य कलाकार राजु श्रीवास्तव लाई हृदयघात भएको छ ।

उनको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई दिल्लीको सरकारी अस्पताल एम्समा भर्ना गरिएको छ । राजुलाई हृदयघात भएको पारिवारिक स्रोतल बताएका छन् ।

राजुसँगै अन्य हास्य कलाकारहरु पनि भारतीय राजनीतिक दलका ठूला नेतालाई भेट्न दिल्ली गएका बेला उनलाई हृदयघात भएको हो । । राजु एक होटलको जिममा बुधबार बिहान कसरत गरिरहेका थिए ।

कसरतका क्रममा राजुलाई हृदयघात भएको हो । राजुको स्वास्थ्य अवस्थामा केही सुधार भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

राजु हास्य कलाकारका साथै उत्तर प्रदेश फिल्म विकास परिषद्का अध्यक्ष पनि हुन्। राजुलाई भारतमा कमेडीका राजा मानिन्छ । उनले धेरै फिल्म र टिभी कार्यक्रममा काम गरिसकेका छन् । राजुले वर्षौंदेखि आफ्नो कमेडीले मानिसहरूलाई हँसाउदै आएका छन् ।

राजुले स्टेज शोबाट आफ्नो करियर सुरु गरेका हुन् । उनी सानैदेखि हास्य कलाकार बन्न चाहान्थ्ये ।