र्यापर भिटेन पक्राउ
काठमाडौं - दुर्गेश थापा पक्राउ परेर छुटे लगत्तै अर्का र्यापर भिटेन (समीर घिसिङ) पक्राउ परेका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई जाउलाखेलबाट पक्राउ गरेको हो । उनको पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’ निकै चर्चित भएको थियो । त्यही गीतमा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।
भिटेनको गीत समाजलाई अपाच्य हुने खोलको भएपछि पक्राउ गरिएको थापाले बताए । नेपाल प्रहरी संगठनकै बेइज्जती गरेको र असईको पोशाक लगाएर गाँजा तानेको प्रोफाइल तस्विर समेत राखेको अभियोगमा भिटेन पक्राउ परेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
गत मंगलबार समाजलाई नकारात्मक प्रभाव पारेको भन्दै गायक दुर्गेश थापा पक्राउ परेका थिए । उनीमाथि कानूनी कारबाही प्रक्रिया अगाडि बढाइने उनले बताए ।
फेसबुक पेज Like गर्नुहोस